Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
गुगलले जिमेल प्रयोगकर्ताको गोपनियता भंग गरेको माइक्रोसफ्टको आरोप

(एजेन्सी)– माइक्रोसफ्टले गुगललाई जिमेल प्रयोगकर्ताहरुको इमेल पढेर विज्ञापनलाई सहयोग गरेको र प्रयोगकर्ताहरुको गोपनियता भंग गरेको आरोप लगाएको छ । गुगलसँग प्रतिस्पर्धामा लागिपरेको माइक्रोसफ्टले www.scroogled.com नामक वेभसाइट बनाएको छ जसमा गुगलले जिमेलमा भएको सबै सागग्रीहरु पढेर त्यहाँ भएका सामग्रीहरु विज्ञापनकालागि बेचेको भन्ने उल्लेख गरेको छ । गुगलले खण्डन गर्दै भन्यो, ‘कुनै मानिसले मेल पढेका थिएनन्, मात्र अल्गोरिदमले विज्ञापन छुट्याएको थियो ।’ माइक्रोसफ्ट अनलाइन सर्भिसका सिनियर डिरेक्टर स्टेफान विट्ज भन्छन्, ‘मानिसहरुका लागि इमेल एकदम पर्सनल कुरा हो, यदि कसैले त्यो पढेको थाहा पाए सहन सक्दैनन् । गुगलले धेरैजसो मानिसको गोपनियतासँग खेल्ने भएका कारण हामी यसमा संवेदनशील छौँ ।’

0 comments

तपाईंको प्रतिकृया