पारसको अवस्था उस्तै÷ज्ञानेन्द्र, कोमल बैंकक जाँदै
फागुन १६ काठमाडौं, हृदयघात भएर थाइल्यान्डको बैंककमा उपचाररत पूर्व युवराज पारस शाहाको स्वस्थ्य थप चिन्ताजनक बनेको छ ।
एक सातासम्म निरन्तर उपचार भैरहे पनि स्वास्थ्यमा कुनै सुधार आउन नसकेपछि पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्वरानी कोमल आज बैंकक जाँदै हुनुहुन्छ । उहाँको साथमा पारसका छोरा र छोरी पनि जाने छन् । उहाँहरु दिउँसो दुई बजेको थाइ एयर विमानबाट बैंकक जाने पारिवारीक श्रोतले जनाएको छ ।
हृदयघात भएपछि गम्भीर भएका पारसको उपचार बैंककस्थित समितिभेज अस्पतालमा भैरहेको छ । हिजो अस्पतालका चिकित्सकले बैंकक अस्पतालका अरु चिकित्सकलाई बोलाएर पारसको स्वास्थ्य स्थिति जाँच गराएका थिए । लामो समयसम्म पनि पारसको होस आउन नसक्दा चिकित्सकहरु निरास भएका छन् । 
0 comments
तपाईंको प्रतिकृया