Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
प्रधानन्यायाधीश नेतृत्वमा नेकपा-माओवादी चुनावमा नजाने


७ फागुन, काठमाण्डौं । प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा बन्ने नयाँ सरकारले गर्ने निर्वाचनमा नेकपा-माओवादीले सहभागीता नजनाउने भएको छ । प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नु नै हुन्न भन्दै सडक आन्दोलन थालेको भन्दै आफुहरुले नेतृत्व स्वीकार नगरेको व्यक्तिले गराएका निर्वाचनमा आफूहरु सहभागी नहुने निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । प्रधानन्यायाधीशको नेतृत्वमा बनेको सरकारले राजनीतिक दललाई असफल सिद्द गर्ने भएकाले दलबाहिरका व्यक्तिको नेतृत्वमा बन्ने सरकार आफुहरुलाई मान्य नहुने नेकपा-माओवादीको ठहर छ । पार्टीको महाधिवेशनको निर्णय अनुसार अव हुने संविधानसभाको निर्वाचन नौटंकी मात्र हुने भएकाले उक्त चुनावमा भाग लिनुको कुनै अर्थ नहुने माओवादी नेताहरुको दाबी छ । गत असार पहिलो साता एकीकृत नेकपा माओवादीबाट विभाजन भएर मोहन बैद्यको नेतृत्वमा गठन भएको नेकपा-माओवादीले निर्वाचन आयोगमा भने अझै दल दर्ता गराएको छैन् ।

0 comments

तपाईंको प्रतिकृया