गरिबलाई जिउने आधार चाहियो गरिब झन्पछि झ्न गरिब बन्दै

केशव घिमिरे
पाल्पा, फागुन
“गरिबको घरमा मात्र तेरो बास हुने भए,
हे ईश्वर, दया राखी मलाई अझ बढी दुख दे ।”
माथिका हरफ बालकृष्ण समले आफ्नो कृति ‘मुकुन्द ईन्दिरा’मा लेखेका हुन् । गरिबको घरमा ईश्वरको बास हुन्छ, हुदैन थाहा छैन । तर, नेपालका गरिबको घरमा महिनै पिच्छे एकजना ‘भीआईपी’ को बास हुन थालेको छ । गाउँमै जन्मेरे हुर्केका ‘भीआईपी’ बर्तमान प्रधानमन्त्री बाबुराम भट्टराई सरकारको नेतृत्वमा पुगेपछि गरिब जनताको अवस्था बुझ्ने भन्दै प्रत्येक महिनाको अन्तिम शुक्रबार गरिबको घरमा बास बस्न जाने गर्दछन् । युद्धकालमा गाउँ घुमेर जनताका सुख दुःख संगै दिनरात बिताएका प्रधानमन्त्री भट्टराई सरकारको नेतृत्व गरेपछि अहिले प्रत्येक महिना गरिबको घरमा बास बस्न थालेका हुन् ।
ग्रामीण क्षेत्र गोरखाको खोप्लाङमा जन्मीएर हुर्किएका भट्टराईलाई जनताको अवस्था बुझ्न गरिबको घरमा बास बस्नु पर्ने आवस्यकता छ, छैन त्यो उनलाई नै थाहा होला ? तर अहिले उनी अर्कै ग्रहबाट आए जस्तै गरि जनताको दुःख बुझ्न भन्दै गरिब परिवारको छनौट गरि महिनामा एक रात बिताउन जाने गर्दछन् । प्रधानमन्त्रीकै शब्दमा भन्ने हो भने ‘जनताको मुक्तिको लागि जनयुद्ध लडेका’ उनी मुलुकका ७५ जिल्लाका धेरैजसो ठाउ“ घुमिसकेका छन् । गाउ“मा पीर छ । तारेभीर छ । मर्का छ । भोकमरी छ । अभाभ छ । गरिबि र त्यसको ताण्डव नृत्य भरपूर छ । यो प्रधानमन्त्रीलाई थाहा छ ।
एसएलसीमा बोर्ड फस्ट हुदाँ सम्म हाप पाइन्ट(जांगे) लगाउने प्रधानमन्त्री भट्टराइको गरिबको घरमा बास बस्ने कार्यसुची आफैमा गजवको छ । सबैलाई समान अधिकार, निरंकुशता र तानाशाहीको अन्त्य, गरिबीको उन्मुलनलगायतका जनजागरणका मुद्दा लिएर १० बर्षे शसत्र युद्ध लडेर आएका भट्टराई के सरकारको नेतृत्वमा पुगेपछि राजधानीको बसाईले नेपालीको गरिबलाई बिर्सेका हुन्? कि उनले गरिब नेपालीको अवस्थालाई नजरअन्दाज गर्न खोजेका हुन् ? वा चर्चामा आउने माध्यम बनाएका हुन् ? यदि प्रधानमन्त्रीले साच्ची नै गरिबका पिरमर्का बुझेर उनीहरुलाई राहत दिन खोजेका हुन् भने उनीहरुको घरमा जम्मो टोली लिएर बास बस्न जानु पर्दैन । उनीहरुको न्युनतम गास, बास र कपासको व्यवस्था गरिदिए पुग्छ ।
प्रधानमन्त्रीले महिनाको अन्तिम शुक्रबार रात बिताउन छनौट गर्ने परिवार जस्तै एक परिवार पाल्पाको खस्यौली ३ सिरुपातेमा पनि छ । जिल्ला सदरमुकाम देखि करिव ११ किलोमिटरको दुरीमा रहेको सिरुपातेका ८४ वर्षिया शिव कुमारी सुनार र उनकी छोरी ६९ वर्षिय सन्त कुमारी गहतराज अहिले जेनतेन आफ्नो जिवीका चलाउदै छन् । दलित परिवारका उनीहरु एकल महिला पनि हुन् । खरले छाएको बुकुरो घरमा बस्ने आमा–छोरी दुबै व्लडप्रेशर (रक्तचाप)का रोगी पनि छन् ।
तीस वर्षको के खाउ के लाउ भन्ने जवानीमा श्रीमानको मृत्यु पछि सुनारले जिवनमा धेरै दुःख झेल्नु प¥यो । जेठो छोरा ८ वर्ष र कान्छो छोरा ४ वर्षको हुदाँ रगतमासीले ज्यान लियो । ‘आशा र भरोसाका केन्द्र गुमाएपछि मेरो खुसीका दिन त्यही दिनदेखि सकिए, चिन्ताले गर्दा रोगले समात्यो’ सुनारले दुखेसो पोखिन् । एउटी छोरी उनीले गुमाई सकेकी छन् भने अर्की छोरी पनि विदेशिएको १२ वर्ष भइसक्यो कुनै अत्तोपत्तो छैन । विवाह भएको ४ बर्ष मै विदुवा बनेकी जेठी छोरी सन्त कुमारी संग अहिले उनी बस्दै आएकी छन् । अहिले उनको बुढेस कालको साहारा भनेकै सन्तकुमारी हुन् । सन्तकुमारीले आमा पालेर बसेको पनि ४७ वर्ष पुगेको छ । उनी पनि आमा जस्तै व्लडप्रेशरको रोगी छन् ।
‘अहिले ६९ वर्षिय वृद्धा छोरीको साहरामा म वृद्धा बाँचेको छ’ु सुनारले भनिन्, ‘औषधि उपचार गर्न भन्दा पनि जेनतेन गुजुरा चलाउन मुस्किल छ, साँझ विहान चुलो सल्काउन पनि कोही छैन, पैसाको कुरै नगरौ ।’ ३० वर्षदेखि ब्लडपे्रशेरले सताएको छ । हात काम्न थालेको छ । कुनै काम गर्न सकिदैन् । जब हिड्न थाल्छु, खुटा थर् थर् काम्छ, हिड्न मुस्किलो हुन्छ । टाउको भनन्न रिगाउँछ । छिन्मै विरामी हुन्छु, विरामी कति बेला हुन्छु भन्ने थाहा नै हुदैन, प्रेशरले झुक्याउदो रहेछ ।’ आमा शिव कुमारीले भनिन् ।
तानसेन स्थित युनाइटेड मेसिन अस्पतालबाट मासिक तीन सय रुपैँयाको औषधि खान बाध्य उनको औषधीमा भन्दा औषधी किन्न जान धेरै पैसा खर्च हुन्छ । सरकारले जेष्ठ नागरिकलाई दिने वृद्ध भत्ताले केहि राहत मिलेको भएपनि सो र्पयाप्त नभएको उनले बताईन ।
आमा र आफ्नो सास धान्न र औषधोचारका लागि छोरी सन्त कुमारीले बाख्रा र भैसी पालेकि छन् । भएको एउटा भैसी र चार बाख्रा पनि र्पयाप्त चरण र दाना पानीको अभावमा तेती राम्रा छैनन् । निमेक गरेर जिवीकोर्पाजन गर्न सक्ने अवस्था उनीहरुको छैन । स्यालले कुखुरा लगेपछि कुखुरा पाल्न छाडेको उनले बताईन् । विवाह भएको ४ वर्षमै भारतमा श्रीमानको मृत्यु पछि मामा लिन गएर आए पछि उनी आमा संगै बसेकी छन् ।
आफ्नो जायजेथामा जे भने पनि भएको सम्पत्तिमा हुने उव्जनीले चार महिना खान पनि पुग्दैन् । आमाछोरीको औषधी उपचार गर्दा नै २५ हजारमा बढी ऋण लागेको छ । यो नै उनीहरुका लागि ‘कमिलालाई मुतको पहिरो’ जस्तै भएको छ । आर्थिक सहयोग गर्ने कोही पनि छैन भन्दै यी आमाछोरीले दुखेसो गरे –‘ऋण कसरी तिर्ने हो, घरखर्च चलाउन मुस्किल भइसक्यो । पैसा कसैले कमाएर देला भन्ने हाम्रो कोही छैन ।’ तिर्ने मान्छे नभएकाले उनीहरु ऋण काड्न पनि डराउछन् । अव गरीवका दिन कहिले आउला । राम्रोसित उपचार गर्न पाइएला भन्ने आशा थियो, गरीवीले त्यो सम्भव भएन । उपचार गर्ने सपना त अधुरै हुने भो’– अनुहार अध्याँरो बनाउर्दै आमा शिवले भनिन् ।
संचार माध्यमा पलपल हेडलाइन बन्ने सरकार कसको नेतृत्वमा बन्ने, संविधान सभाको निर्वाचन कहिले हुने, कुन खालको संघियता बन्ने भन्ने बिषयले उनीहरुलाई छोएको छैन । रेडियो, टेलिभिजन, पत्रपत्रिका, इन्टरनेटको पहँुचबाट धेरै टाढै रहेका उनीहरुलाई बिहान खाए साझँ के खाने? आफ्नै औषधोचार कसरी गर्ने भन्ने पिरलोले सताउने गर्दछ । मुस्कीलले ६ महिना खान पुग्ने यो परिवार बाँकी ६ महिना के खाने पिरलोमा हुन्छ । परिवारमा काम गर्न सक्ने हट्टाकट्टा व्यक्ति पनि कोहि छैन । घर भित्र बाहिर गर्न पनि कठिन हुने उनीहरुको जिवन अभावैअभावमा बितेको छ ।
जिल्लामा गएको आर्थिक वर्ष २०६८÷०६९को ९० हजार रुपैयाँ जेष्ठ नागरिक उपचार खर्च हुन सकेको छैन । यस आर्थिक वर्ष २०६९÷०७० को सो रकम जिल्लामा नआएको महिला तथा बालबालिका कार्यालय पाल्पाका कर्मचारीले जानकारी दिए । यस आर्थिक वर्षमा २८ जना जेष्ठ नागरिकले उपचार खर्च पाउन भनी आवेदन दिएका छन् तर अझै उनीहरुले सो रकम पाएका छैनन् । सरकार सहित गरिबका नाममा काम गर्ने बिभिन्न सघंसस्ंथाले ल्याउने राहत प्याकेजका कार्यक्रमले उनीहरुलाई छुन सकेको छैन । सरकारले वितरण गर्न लागेको गरिब परिचय पत्र, लक्षित बर्गका कार्यक्रमबाट पनि उनीहरु बेखवर छन् । माछा मार्न भन्दा माछा खान सिकाउने राज्यको नितीका कारण गरिब झन् पछि झन् गरिब बन्दै गएका छन् ।
सरकारका भिआइपीले गरिबका घरमा बास बस्न जादा गर्ने खर्च सिधै गरिब परिवारलाई दिएमा शिव कुमारीका आमा छोरी जस्ता धेरै नेपालीको साझँ बिहान चुल्हो बलेर मुहारमा उज्यालो हुन्थ्यो कि ?

0 comments
तपाईंको प्रतिकृया