Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कार्यदलको बैठक बस्दै

६ फागुन, काठमाण्डौं । आगामी निर्बाचनका लागि आवश्यक कानुनी प्रकृयालाई समेटेर प्रस्ताब तयार पार्न गठित कार्यदलको बैठक आज बस्दै छ । बैठक अहिले केहीबेरपछि राष्ट्रपति कार्यालय शितल निवासमा बस्ने एकीकृत नेकपा माओवादीका नेता तथा कार्यदल सदस्य कृष्ण बहादुर महराले जानकारी दिनुभयो । चुनावी परिषद गठन, संविधानको धारा संशोधन, बाधा अड्काउ फुकाउ, निर्बाचन प्रकृयालगायत विषयलाई समेटेर कार्यदलले प्रस्ताब तयार पार्ने उहाँले बताउनुभयो । कार्यदललाई दिउँसो दुई बजेभित्र प्रस्ताब तयार पार्न जिम्मा दिइएको छ । कार्यदलले प्रतिवेदन तयार पारिसकेपछि मुख्य दलको बैठकमा पेश हुने छ । कार्यदलको प्रस्ताबमा थप छलफल गरी मुख्य दलको बैठकले अन्तिरुप दिने छ ।प्रधानन्यायाधीश खीलराज रेग्मीलाई चुनाबी सरकारको नेतृत्व दिन सैद्धान्तिकरुपमा सहमत भएका मुख्य चार शक्तिको बैठकले हिजो ८ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा एकीकृत नेकपा माओवादीका कृष्ण बहादुर महरा र खीमलाल देवकोटा, नेपाली काँग्रेसका विमलेन्द्र निधि र मिनेन्द्र रिजाल, नेकपा एमालेका भीम रावल र अग्नी खरेल तथा मधेसी मोर्चाको तर्फबाट हृदयेश त्रिपाठी र जितेन्द्र देव सदस्य हुनुहुन्छ । यसअघि पाकिस्तान, बंगलादेश र ग्रीसमा पनि प्रधानन्यायाधीशकै नेतृत्वमा चुनाबी सरकार बनाएर गतिरोध अन्त्य गरिएको थियो ।

0 comments

तपाईंको प्रतिकृया