Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमालेको आजको बैठकपछि नया सरकारको टुंगो लाग्ने

५ फागुन, काठमाण्डौं । प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व गर्न दिने÷नदिने विषयमा नेताहरुबीच चर्को विवाद भएपछि एमाले केन्द्रीय कमिटीको बैठक आज पुनः बस्दै छ । हिजो पार्टी कार्यालय बल्खुमा बसेको आकस्मिक केन्द्रीय कमिटि बैठकमा धेरैजसो केन्द्रीय सदस्यले प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिन नहुने अडान राखेपछि बैठक स्थगित भएको थियो । बैठक आज विहान ११ बजेपछि पुनः बस्ने एमालेले जनाएको छ । एमालेले दलहरुभित्रैबाट चुनावी सरकार गठन हुनुपर्ने भन्दै अरु दलहरुलाई पनि सहमतिमा ल्याउन आजको बैठकले प्रयास गर्ने बताएको छ । हिजोको बैठकमा अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम लगायतले देशलाई निकास दिन प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी परिषद गठन हुनुपर्नेमा जोड दिएका थिए । तर, नेता केपी ओली र महासचिव ईश्वर पोख्रेल लगायतले भने प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन नहुने बताएका छन् । प्रधानन्यायाधीशको नेतृत्वमा चुनाबी परिषद गठन गरेर आउँदो जेठ १५ भित्र निर्बाचनमा जान अरु दल सहमत भैसकेकोबेला एमालेले स्पष्ट निर्णय नगर्दा फेरि राजनीतिक गतिरोध लम्बिने संकेत देखिएको छ ।

0 comments

तपाईंको प्रतिकृया