एमालेको ढुलमुले चरित्रले सहमति टाढियो
काठमाण्डौ, फागुन ४ । नेकपा एमालेको ढुलमुले चरित्रका कारण सहमतिको संभावना पर धकेलिएको छ । जेठमा चुनाव गराउने कार्यादेश सहित प्रधानन्याधीशको नेतृत्वमा चुनावी सरकार गठनका विषयमा अन्य सबै जसो प्रमुख दलहरु तयार भएपनि एमालेले ठोस् निर्णय लिन नसक्दा आज पनि सहमति जुट्न सकेन ।
केन्द्रीय कमिटी बैठक जारी रहेको भन्दै भोली सम्म कुर्न एमालेले आग्रह गरेपछि राष्ट्रपति भवन शितल निवासमा आज बसेको प्रमुख दलहरुको बैठक निश्कर्षमा पुग्न सकेन । सहमतिका लागि भोलीको भाका सार्दै नेताहरु शितल निवासबाट बाहिरिए ।
बैठकपछि काग्रेस उपसभाति रामचन्द्र पौडेलले एमालेले समय माग गरेकाले बैठक भोली दिउसो ३ बजे सम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयो । उहाले बैठक सकारात्मक भएपनि नेतृत्वको विषय टुंगो लागि नसकेको बताउनुभयो ।
संयुतm लोकतान्त्रीक मधेशी मोर्चाका संयोजक विजय कुमार गच्छादारले जेठ १५ भित्र संविधानसभा निर्वाचनको सुनिश्चीतता,विघटीत संविधानसभामा भएका सहमतिको अपनत्व स्वीकार्ने र चुनावी सरकार गठन गर्ने विषय प्याकेजमै टुंगाईनुपर्ने प्रतिकृया दिनुभयो । यद्यपी उहाले यस विषयमा भोली सहमति जुट्ने विश्वास व्यतm गर्नुभयो ।
सहमतिको सरकारको नेतृत्वका सम्बन्धमा औपचारीक निर्णय लिन भन्दै डाकिएको केन्द्रीय कमिटीको आजको बैठक पनि सदस्यहरुबीच मत बाझिएपछि निश्कर्ष बिहीन बन्यो ।
पार्टी अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल लगायत नेताहरु सरकारात्मक देखिए पनि पार्टी केन्द्रीय कार्यलय मदननगर बल्खुमा बसेको बैठकमा अधिकाशं सदस्यहरु प्रधानन्यधीश नेतृत्वको चुनावी सरकारको विपक्षमा उभिएपछि बैठक भोली सम्मका लागि स्थगित गरिएको छ ।
बैठकपछि एमाले प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले बैठकमा आज बल्ने ४० मध्ये अधिकाशंले सदस्यले राजनीतिक व्यतिm कै नेतृत्वमा चुनावी सरकार गठन गर्ने धारणा राखेको जानकारी दिनुभयो । उहाले बहुमत धारणालाई मध्यनजर गर्दै प्रमुख दलहरुको छलफलमा आप्नो पुरानै धारणा पेश गर्ने प्रतिकृया दिनुभयो । बैठक भोली फेरी बस्ने जनाईएको छ ।
महत्वपुर्ण परिस्थीतिमा स्वविवेकीय ढंगले निर्णय लिन नसक्ने, ढुलमुले, तेस्रो लिंगी लगाएत उपनाम पाएको एमालेकै कारण दलहरु बीच आज हुने भनिएको सहमति पनि हुन सकेन ।
राष्ट्रपति सहित प्रमुख दलहरु बीच हिजो भएको छलफलमा अध्यक्ष झलनाथ खनालले प्रधानन्याधीशको नेतृत्वमा चुनावी सरकार गठनको विषयमा अनौपचारीक सहमति जनाउनुभएको थियो ।
उहाले आज बस्ने केन्द्रीय कमिटी बैठकले त्यसलाई औपचारीकता दिने र साझँ सम्ममा दलहरु बीच सहमति जुट्ने दावी गर्नुभएको थियो ।
एकिकृत माओवादी र प्रधानमन्त्री बाबुराम भट्टराईका कारण राजनीतिक सहमति जुट्न नसकेको भन्दै चर्को आलोचना गर्ने एमाले स्वयंका कारण राजनीतिक निकासको संभावना टाढिनुले उसको नियत माथी प्रश्न खडा भएको छ ।
प्रधानन्याधीशको नेतृत्व मान्न एमाले तयार भए संविधानसभा विघटनसंगै सृजित राजनीतिक र संवैधानीक संकट मोचनको ढोका खुल्ने छ ।
0 comments
तपाईंको प्रतिकृया