Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
प्रधान न्यायाधीश रेग्मी प्रधानमन्त्री बन्न तयार

फागुन १४ काठमाडौं, प्रधानन्यायाधीश खिलराज रेग्मी चुनावी सरकारको नेतृत्व लिन तयार भएको नेताहरुले दाबी गरेका छन् । सोमबार बिहान प्रमुख दलका शीर्ष नेताहरुसँगको छलफलमा रेग्मीले सरकारको नेतृत्व लिन तयार रहेको जानकारी दिएका हुन् । प्रधानन्यायधिशको सरकारी निबास बालुवाटारमा भएको छलफलमा दलहरुले राखेको प्रस्ताव प्रति रेग्मी सकारात्मक भएको मधेशी मोर्चाका संयोजक विजयकुमार गच्छादारले जानकारी दिए । छलफल पछि मोर्चा संयोजक गच्छदारले भने,‘छलफल सकारात्मक रुपमा अघि बढेको छ, प्रधानन्यायाधीशले चुनावी सरकारको नेतृत्व गर्नुहुने भएको छ, अव मुलुक चुनावी माहोलमा अघि बढ्ने छ ।’ रेग्मीलाई भेट्न प्रधानमन्त्री बाबुराम भट्टराईसहित एमाओवादीका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनाल , काग्रेस सभापति शुसिल कोईराला तथा मधेशी मोर्चाका संयोजक बिजय कुमार गच्छदार प्रधानन्याधीश निवास बालुवाटार गएका थिए । नेताहरुले आजको बैठकलाई निर्णायक हुने बताएक थिए । चुनावी सरकारको नेतृत्व लिन दलहरुले राखेको सर्त,सरकार गठन नहुदै आफु विरुद्ध भैरहेको विरोध लगायत कारण दर्शाउदै प्रधानन्याधीशले नेतृत्व लिन आनाकानी गरेपछि कार्यदलको शनिबारको बैठकले उनको असन्तुष्टी संवोधन हुने गरी सहमतिको सस्यौदा तयार पारेको थियो ।

0 comments

तपाईंको प्रतिकृया