Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
रेग्मी रिटको आज सुनवाई सुरु हुँदै


१३ फागुन, काठमाण्डौं । प्रधानन्यायाधीस खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउन नहुने भन्दै सर्बोच्चमा परेको रिटको सुनुवाई आज हुदै छ । गत शुक्रबार हुने भनेको सुनुवाईको मिति दोस्रो पटक सारेर आजका लागि तोकिएको थियो । अधिवक्ता भरतमणी जंगमले शक्ति पृथकिकरणको सिद्धान्त अनुसार कार्यपालिका र न्यायपालिकाको प्रमुख एकै व्यक्ति हुन नसक्ने भन्दै सर्बोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । जंगमले दायर गरेको रिटमा प्रधानन्यायाधिसले चुनावी सरकारको नेतृत्व गर्दा न्यायको सिद्धान्त विपरित हुने उल्लेख छ । प्रमुख दलका शीर्ष नेताहरुसँगको भेटमा प्रधानन्यायाधिस रेग्मीले आफू विरुद्ध अदालतमा मुद्दा रहेकोले किनारा नलागेसम्म निर्णय लिन नमिल्ने बताउनु भएको थियो । त्यसैले आजको सुनुवाईलाई महत्वका साथ हेरिएको छ ।

0 comments

तपाईंको प्रतिकृया