Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अर्गानिक गाउँ बनाउन बालबालिकाको अभियान

फागुन ५ नवलपरासी। नवलपरासी प्रगतिनगरका बालबालिकाहरु गाउँलाई अर्गानिक (जैविक) खेतीले चिनाउने अभियानमा लागेका छन् । विषादीको प्रयोगले मानव स्वास्थ्य बिगँ्रदो अवस्थामा रहेको भन्दै उनीहरुले सो अभियान चलाएका हुन् । तीन वर्ष अगाडिदेखि अर्गानिक खेती थालिएको प्रगतिनगरमा बालबालिकाले पनि सक्रियताका साथ अभियान सञ्चालन गरेका हुन् । जागृति बाल क्बल नेपाल प्रगतिनगरले विषादी मिश्रित खाद्यपदार्थ त्यागौँ विषादीरहित खाद्यपदार्थ प्रयोग गरौँ भन्ने नाराका साथ गाउँ जागरण अभियान चलाएको क्बलका सल्लाहकार होमनाथ जैसीले बताउनुभयो । विषादीको प्रयोगलाई निरुत्साहित गर्न महिला समूह, कृषक समूह, गाविस र गाविसभित्र रहेका गैरसरकारी संस्थाहरु लागि परेका छन् ।

0 comments

तपाईंको प्रतिकृया