Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
युवासंघको नेतृत्वमा आचार्यलाइ ल्याउन शीर्ष नेताहरुकै लबिङ्

फागुन १२–नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालको आठौं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि आइतबार बिहान ८ बजेबाट निर्बाचन प्रक्रिया सुरु हुने भएको छ । सर्बसम्मतीमा नेतृत्व चयन गर्ने एमालेका शीर्ष नेताहरुको प्रयास असफल भएपछी निर्बाचन हुने भएको हो । निर्बाचनका लागि निर्बाचन आयोगले आज उमेद्वारी दर्ता र मतदाता नामावली प्रकाशन गरेको छ । भावि नेतृत्वका लागि वर्तमान अध्यक्ष महेश बस्नेत र महासचिव निरज आचार्य चुनाबी मैदानमा हुनुहुन्छ । अध्यक्षका अर्का दाबेदार झपट रावल पछि हटेपछी आचार्य र बस्नेत समुहबिच कडा प्रतिस्पर्धा हुने निश्चित भएको छ । आचार्यको समुहबाट महासचिवमा बाबुराम थापा र बस्नेत समुह समुहबाट राजिब पहारी लड्ने तय भएको छ । अन्य पदाधिकारीहरुका बिषयमा भने छलफल भईरहेको बताईएको छ। यसैबिच, देशभरबाट बुटवलमा जम्मा भएका युवा संघका अधिकांश कार्यकर्ताहरुले मौलाउँदै गएको गुण्डागर्दीबाट संगठनलाई मुक्त राख्न नेतृत्व परिबर्तन अनिवार्य रहेको बताएका छन्। उनिहरुले बर्तमान अध्यक्ष महेश बस्नेतले संगठनभित्र अराजकता निम्त्याएको र बस्नेत नै दोहोरिदा धेरै क्षमतावान नेता कार्यकर्ता संगठनबाट बिदा हुनुपर्ने स्थिती आउने भन्दै नेतृत्व परिबर्तनको माग गरेको बताईएको छ । युवा संघमा मौलाउँदै गएको डनबादलाई कम गर्न भन्दै अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधबकुमार नेपाल, उपाध्यक्ष बामदेब गौतम, महासचिब ईश्वर पोख्रेल लगाएतका नेताहरुले तल्लो तहसम्म लबिङ थालेको स्रोतको दावी छ ।

0 comments

तपाईंको प्रतिकृया