रक्तदान कार्यक्रम सम्पन्न
कबिराज नेपाल
पाल्पा, फागुन ७ ।
प्रजातन्त्र दिवसको अवसर पारेर वि.पी चिन्तन प्रतिष्ठान पाल्पाले सोमवार तानसेनको सितलपाटीमा रक्तदान कार्यक्रम आयोजना ग¥यो ।
कार्यक्रम विपी चिन्तन प्रतिष्ठान पाल्पाका संयोजक शुरेश गहिरेको सभापतित्व र प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष नारायण कोइरालाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी कोइराला सहित संयोजक गहिरे लगायत प्रतिषठानका सदस्य र अन्य गरी १५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममै विधान श्रेष्ठले २२ औं पटक रक्तदान गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा लुम्विनी मेडिकल कलेज र नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले सहयोग गरेका थिए । 
0 comments
तपाईंको प्रतिकृया