Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बस दुर्घटनामा २ जनाको मृत्यु

फागुन १६ सुनसरी -पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको इटहरीमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य १० यात्रु घाइते भएका छन् । सुनसरीको धरानबाट झापाको काकडभिट्टाका लागि छुटेको को १ ख १८ ७७ नम्बरको बस साइकल यात्रीलाई बचाउन खोज्दा पूर्वी पृतना हेडक्वाटर नजिक सडक छेउँमा पल्टिएको हो । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत नभएको सुनसरी प्रहरीले जनाएको छ । घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । फरार रहेका बस चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ । यसैबीच मकवानपुरको हेटौडा नगरपालीकामा भएको सवारी दुर्घटनामा परि २ जना गम्भिर घाईते भएका छन् । आज बिहान ६ वजे बिरगंजबाट हेटौडाका लागि छुटेको ना ३ ख ३८ ५८ नम्बरको ट्रिपरको झ्याल अचानक खुल्दा झ्यालबाट खसेर चुरियामाईकी १८ वर्षीया सदिक्षा योञ्जन र सोहि ठाँउकी सम्झना लामा गम्भिर घाईते भएका हुन् । दुवैलाई उपचारको लागि मेडिकल कलेज भरतपुर पठाईएको छ ।

0 comments

तपाईंको प्रतिकृया