Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
रेग्मीलाई रोक्न सर्वोच्चमा परेको रिटमा सुनुवाई हुँदै

फागुन ८ काठमाण्डौ । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रमुख बनाउन नहुने भन्दै अधिवक्ता भरत जंगमले सर्वोच्चमा दायर गर्नुभएको रिटमाथी आज सुनुवाई हुँदैछ । रेग्मीमाथि परेको रिटको सुनुवाई न्यायाधीश कल्याण श्रेष्ठको इजलासमा हुन लागेको सर्वोच्च अदालतका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो । उहाँकाअनुसार रेग्मीलाई रोक्न अन्तरिम आदेश जारी गर्ने या नगर्ने भन्नेवारे सकेसम्म आजै टुंगो लाग्ने छ । रेग्मीलाई प्रधानमन्त्री बनाउने निर्णय नगर्न अन्तरिम आदेशको माग गर्दै अधिवक्ता जंगमले गत आइतबार सर्वोच्चमा रिट दायर गर्नु भएको थियो । रिटमा पूर्वप्रधानन्यायाधीश वा स्वतन्त्र व्यक्तिको अध्यक्षतामा चुनावी सरकार बनाउन परमादेशको मागसमेत गरिएको थियो ।

0 comments

तपाईंको प्रतिकृया