Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमालेको स्थायी कमिटी बैठक बस्दै

९ फागुन, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । प्रधानन्यायाधीश खीलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने पार्टी निर्णयप्रति बरिष्ठ नेताहरुबाटै असन्तुष्टि आउन थालेपछि एमालेले स्थायी कमिटीको आकस्मीक बैठक बोलाएको हो । एमाले बरिष्ठ नेता माधव कुमार नेपाल, महासचिव ईश्वर पोख्रेल, सचिव शंकर पोख्रेल लगायतका नेताहरुले प्रधानन्यायाधीश रेग्मीलाई चुनाबी सरकारको नेतृत्व दिने निर्णयमा फरक धारणा राख्दै आउनु भएको छ । पार्टी केन्द्रीय कार्यालय बल्खुमा दिउँसो २ बजे बस्ने स्थायी कमिटी बैठकले पार्टीको समान धारणा बनाउने एमाले सचिव शंकर पोख्रेलले जानकारी दिनुभयो । बैठकमा दलहरुबीच भैरहेको वार्ताको प्रगति र समस्याबारे पनि छलफल हुने उहाँले बताउनुभयो । यसअघि बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन नहुनेमा अधिकांश नेताहरुले जोड दिए पनि अन्तिम निर्णय गर्ने जिम्मा केन्द्रीय कमिटीले शीर्ष नेतालाई दिइएको थियो । यसैबीच नेकपा एमालेका नेता भीम रावलले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर जेठमा चुनाव गर्ने अडानबाट एमाले पछि नफर्कने बताउनु भएको छ । दलिय सहमतिको मस्यौदा निर्माण कार्यदलका सदस्य समेत रहेका रावलले कतिपय नेताका व्यक्तीगत असन्तुष्टी सार्वजनिक भए पनि एमालेको पुरानो निर्णय नउल्टीने स्पस्ट पार्नुभयो । उहाँले बर्तमान सरकारलाई कुनै पनि हालतमा निरन्तरता दिन नसकिने दोहो¥याउनुभयो ।

0 comments

तपाईंको प्रतिकृया