एकै परिवारको ३ जनाको हत्या
फागुन १५ संखुवासभा, संखुवासभाको जलजला २ तेर्सेमा एकै परिवारका तीन जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । हत्या गरिएकामा ६५ वर्षकी लाक्बुटी शेर्पा, उहाँका नातिनीहरु १५ वर्षकी दावा शेर्पा, र ९ वर्षकी अपस्सरा सेर्पा रहेको प्रहरीले बताएको छ ।
लाक्बुटीको शव आफ्नै आँगनमा तथा दावा र अप्सराको शव घर भित्र भेटिएकोसंखुवासभा प्रहरी नायब उपरीक्षक रुपम लामाले जानकारी दिनुभयो ।
घटना गए राति नै भए पनि घटनास्थल सदरमुकामबाट एक दिनको पैदलदूरीमा रहेकाले ढिलो गरी समाचार आएको प्रहरीले जनाएको छ ।
यसैविच प्यूठानका एक श्रीमानले आफ्नो श्रीमतीलाई आगोमा झोँसेर चार दिनदेखि फरार छन् । दाखाक्वाडी–९, सालघारी निवासी डीला सुनारलाई श्रीमान निमारामले जिउँदै आगोको अगेनामा पोलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रातिको समयमा कपालमा समाएर झुण्डिदै लछारपछार गर्दै कुटपिट गरी दनदनी बोलेको आगोमा जिउँदै पोलेको उल्लेख गर्दै पीडित डीलाले जिल्ला प्रहरीमा उजुरी दिनुभएको छ ।
मदिरा खाएर दिनहुँजसो कुटपिट गरिरहने अन्दाजी ४० वर्षका श्रीमानले शनिबार राति अत्यधिक पिटेर र आगोमा डढाएर जीउँदै मार्ने प्रयास गरेको बताउनुभयो ।

0 comments
तपाईंको प्रतिकृया