फागुन १५प्यूठान, प्यूठानका एक श्रीमानले आफ्नो श्रीमतीलाई आगोमा झोँसेर चार दिनदेखि फरार भएका छन्। दाखाक्वाडी-९, सालघारी निवासी डीला सुनारलाई श्रीमान निमारामले जिउँदै आगोको अगेनामा पोलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रातिको समयमा कपालमा समाएर झुण्डिदै लछारपछार गर्दै कुटपिट गरी दनदनी बोलेको आगोमा जिउँदै पोलेको उल्लेख गर्दै पीडित डीलाले जिल्ला प्रहरीमा उजुरी दिएकी छन्। मदिरा खाएर दिनहुँजसो कुटपिट गरिरहने अन्दाजी ४० वर्षका श्रीमानले शनिबार राति अत्यधिक पिटेर र आगोमा डढाएर जीउँदै मार्ने प्रयास गरेको पीडितले बताइन्। रातिको समयमा बेहोसी ढङ्गबाट जिउँदै आगोमा जलाउने प्रयास भएपछि साढे दुई वर्षको बच्चा घरमै छोडी पाँच घण्टा टाढाको माइत भागी आफूले ज्यान बचाएको पीडितले बताइन्। ज्यान जोगाउन घरबाट भाग्दासमेत श्रीमानले लखेट्दै बाटोमै पुगेर दुर्व्यवहार र कुटपिट गरेको उल्लेख उनले बताइन् । गत शनिबार राति हिंसामा परेकी उनी आइतबारदेखि सदरमुकाम खलङ्गास्थित जिविस प्यूठानको सहयोग, महिला तथा बालबालिका कार्यालयको समन्वयमा महिला सहयोग मञ्चद्वारा हिंसापीडित महिलाका लागि सञ्चालन गरिएको अल्पकालीन आश्रयस्थलमा बसेको व्यवस्थापक खिमा पौडेलले उल्लेख गरे। आगोले पोलिएर घाइते अवस्थामा सदरमुकाम आएकी पीडितलाई महिला सहयोग मञ्चले प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराइ जिल्ला प्रहरीमा न्यायका लागि उजुरी दिन सहयोग गरेको अध्यक्ष पार्वता आचार्यले बताइन् । पीडित सुनारको टाउकाको कपाल डढेको, हात र मुखमा आगोले पोलेको एवम् शरीरभर निलडाम, चोटैचोट रहेको अवस्थामा अल्पकालीन आश्रयस्थलमा आएको उनको भनाई छ । श्रीमतीलाई जिउँदै जलाउने निलाराम हाल फरार भएकाले पीडकलाई पक्राउ गरी पीडितलाई न्याय दिलाउने निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक मित्रबन्धु शर्माले बताए।
श्रीमतीलाई आगो लगाएर श्रीमान फरार

0 comments
तपाईंको प्रतिकृया