Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सरकारी अस्पतालकै कागजात अवैध

माधव अर्याल ५ फागुन, पाल्पा । पाल्पाको कोलडाँडा ९ की ६५ बर्षकी चनमती राना सिकिस्त विरामी भएर अस्पताल भर्ना भएको कागजात बनेको रहेछ । जिल्ला अस्पतालका कुनै पनि बेडमा यो नामको बिरामी भेटिएन् । बुझ्दै जाँदा नक्कली कागजात मात्रै बनेको रहेछ । कागजात बनाइदिएवापत छात्रवृद्धि कार्यक्रमअन्तर्गत अस्पतालमा कार्यरत अस्थायी डा. सत्या थापाले ७ सय रुपैयाँ लिएकी रहिछन् । यसबारे प्रमुख जिल्ला अधिकारीसमक्ष जानकारी पुग्यो । प्रजिअ हरिप्रसाद मैनालीले फोनमै डा. थापालाई भने,’किन ? के भएको हो ?’ थापाले भने आफ्नो अस्पतालमा कार्यरत सहकर्मी साथीहरुको आग्रहमा उक्त कागजात बनाएको जवाफ दिएन् । ‘हाम्रै सहकर्मीले गराईदिनुपर्‍यो भन्नुभयो,’ उनले जवाफ दिएकी छन् ‘साथीभार्यको काम गर्दा समस्या आयो ।’ उनले तीन महिनादेखि यस्तो कागजात बनाउन छाडेको तर सहकर्मीले अनुरोध गरेपछिमात्र बनाएको बताइएको छ ।

0 comments

तपाईंको प्रतिकृया