Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउन चारदल सहमत

काठमाण्डौ,फागुन ५ । जेठ भित्र संविधानसभाको निर्वाचन गराउने कार्यादेश सहित प्रधानन्याशीध खिलराज रेग्मीको नेतृत्वमा चुनावी परिषद् गठन हुने करिब–करिब निश्चीत भएको छ । प्रधानन्याधीश रेग्मीको नेतृत्वमा चुनावी परिषद् गठनका विषयमा सहमति जुटाउने प्रयास स्वरुप अहिले राष्ट्रपति भवन शिलत निवासमा एकिकृत नेकपा माओवादी,नेपाली काग्रेस,नेकपा एमाले र मधेशी मोर्चाका शीर्ष नेताहरु बिच छलफल भैरहेको छ । चुनावको मिति घोषणा, नया सरकार निर्माणका लागि संवैधानीक अड्चन फुकाउने लगायत प्रकृया पुरा गरी ५ दिन भित्र प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिने र प्रधानन्याधीश रेग्मीको नेतृत्वमा चुनावी परिषद बनाउने विषयमा प्रमुख दलहरु बीच आजै प्याकेजमा सहमति जुट्ने स्रोतको दावी छ । ्प्रधानन्याधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने एकिकृत माओवादीको प्रस्तावमा एमालेले पनि सहमति जनाएपछि सहमतिको संभावना बढेको हो ।

0 comments

तपाईंको प्रतिकृया