भारतको हैदरावादमा शृङ्खलाबद्ध बम विष्फोट
हैदरावाद, फागुन ११ (एजेन्सी)- भारतको हैदरावादमा शृङ्खलाबद्ध बम विष्फोट भएको छ। विष्फोटमा परी कम्तिमा १५ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ। विष्फोटमा परी ५० भन्दा बढी घाइते भएका छन्। विष्फोट हैदरावदका व्यस्त विभिन्न पाँच ठाउँमा भएको थियो। घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको एजेन्सीले जनाएको छ। प्रहरीले विष्फोटबारे केही बताएको छैन।

0 comments
तपाईंको प्रतिकृया