राजीनामाको ड्राफ्ट तयार हुदै
फागुन ८ काठमाण्डौ ।
प्रधानमन्त्री बाबुराम भट्टराईले दिने राजीनामा र देशवासीलाई गर्ने सम्बोधनको ड्राफ्ट तयार पार्न उहाँको निजी सचिवालय व्यस्त भएको छ । सम्बोधनमा समेट्ने विषय र भाषालाई अन्तिम रुप दिन प्रधानमन्त्रीको निजी सचिवालय व्यस्त भएको हो ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले राजीनामा पत्र तयार पार्ने काम भैरहेको जानकारी दिनुभयो । मुख्य दलका शीर्ष नेताहरुबीच सहमति पत्रमा हस्ताक्षर भएपछि प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिने उहाँले बताउनुभयो ।
प्रधानमन्त्रीले बालुवाटार छाडेपछि सानेपास्थित निवासमा बस्नु हुनेछ । सानेपास्थित उहाँको निवास तयार पारिसकेको भट्टराईको निजी सचिवालयले जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया