Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नेकपा-माओवादी गोप्य प्रशिक्षण

५ फागुन, रोल्पा । जनयुद्धको बर्षगाँठ मनाउन रोल्पा पुगेका नेकपा-माओवादीका शीर्षस्थ नेताले कार्यकर्ता प्रशिक्षण अभियान थालेका छन् । कार्यकर्ताको भावना बुझ्न र सुझाव संकलन गर्न उनीहरुले गाउँमै पुगेर कार्यकर्ता भेट्न थालेका हुन् । केही दिनअघि आएका पार्टी उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिव नेत्र विक्रम चन्द, मध्यपश्चिम इन्चार्ज इन्द्रमोहन सिग्देलसहितका नेताले फागुन १ गते थवाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेपछि उनीहरुले सहिद परिवार, घाइते-अपांग र पूर्वलडाकूसँग भेटघाट थालेका छन् । माओवादी पकड थवाङमा १८ औं बर्षगाँठ कार्यक्रम सकिए पनि उनीहरुले गाउँमै पुगी कार्यकर्ताको मन बुझ्ने थप योजना बनाएका हुन् । बुधबार उनीहरुले जेलबाङपछिको सबैभन्दा बढी युद्धमा कार्यकर्ताले बलिदानी गरेको मिरुल पुगेर सहिद परिवारसँग भेट गरेका छन् । शान्ति सम्झौतापछि लामो समय सहरमा अभ्यस्त दुवै माओवादी नेताहरु गाउँ पुगेर पार्टीले लिएको नीति र विपक्षीसँग गर्ने व्यवहारबारे पनि कार्यकर्तालाई प्रशिक्षण दिएका छन् । अति गोप्य रुपमा दिइने यस्ता प्रशिक्षणमा पहिलेजस्तो शिक्षक, सर्वसाधारणलाई प्रवेश गर्न नदिइएको कान्तिपुरमा खबर छ ।

0 comments

तपाईंको प्रतिकृया