वैद्यजीहरुले शक्ति पृथकीकरणको कुरा गर्दा अचम्म लाग्छः ओली
फागुन १३ वीरगञ्ज, 'देशलाई राजनीतिक दलका नेताले नै चलाउनु पर्ने हुन्छ, तर अहिलेको असहज परिस्थितीमा देशलाई निकास दिन यो अर्को बिकल्प रोज्नु पर्ने बाध्यता आएको छ', नेता ओलीले उद्हारण दिँदै भने -'मानिसले मुखबाट नै खाना खानुपर्ने हुन्छ, तर कहिलेकाही बिरामी भएको बेला नशामा स्लाइनपानी चढाउनु पर्ने हुन्छ। देश बिरामीको अवस्थामा पुगेकोले अहिले प्रधानन्यायधिश नै स्लाइन पानी हुन्।' प्रधानन्यायधीश नेतृत्वमा चुनावी सरकार गठनको प्रस्ताव अन्तिम छलफलमा पुगी सकेकोले दुई-तीन दिनमा टुङ्गो लाग्ने नेता ओलीले दावी गरे। उनले जेठ भित्रै नभए कात्तिकको अन्तिम साता वा मंसिरको पहिलो साता अर्को चुनाव सम्पन्न गर्नुपर्नेमा छलफल चलिरहेको बताए। सञ्चार क्षेत्रले लोकतन्त्रका लागि अग्रिणी भुमिका खेलेकोले दलहरु पत्रकारहरुको सूरक्षाको सवालमा सम्वेदनशील हुनु पर्ने उनले औल्याए। राजमार्गमा पर्ने पर्सा र बाराको दुई वटा निर्वाचन क्षेत्रको संयुक्त सभालाई सम्बोधन गर्न उनी आएका हुन्।
0 comments
तपाईंको प्रतिकृया