Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मसाल जुलुस

अमृत अधिकारी पाल्पा, ७ . फागुन नेकपा–माओवादीले मंगलबारकोे बन्द कार्यक्रमलाई सफल बनाउन आज तानसेनमा मसाल जुलुससहित प्रर्दशन गरेको छ । द्वन्द्वकालका मुद्दा उठाएर माओवादीलाई पुनः युद्धमा धकेल्ने प्रयास भएको भन्दै त्यसको बिरोधमा मंगलबारको नेपाल बन्दको आह्वान गरेको जनाएको छ । राष्ट्रियताको पक्षमा नेपाल बन्द कार्यक्रम गरिएकाले बन्द कार्यक्रमलाई सफल बनाउनका मसाल जुलुसको कार्यक्रम गरिएको माओवादी पाल्पाका इन्चार्ज बसन्त घर्तीमगरले जानकारी दिए । उनले बन्द कार्यक्रम राष्ट्र जोगाउनका लागि र देशमा साँच्चैको शान्ति कायम गर्न दवाद दिने उद्देश्यले गरिएकोले सबैलाई सहयोग गर्न आग्रह गरे । जिल्ला पार्टी सम्पर्क कार्यालय तानसेनको भगवतीटोलबाट निस्केको मसाल जुलुस आन्दोलन चोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै माओवादी पाल्पाका सह इन्चार्ज धिरज रानाले वर्तमान सरकारले नेपाललाई विदेशीको हातमा सुम्पन लागेकोले त्यसको बिरोधमा कार्यक्रम गरिएको बताए । बुद्धिजीवि संगठनका केन्द्रीय सदस्य भीमलाल भट्टराईले नेताले राष्ट्रहितको पक्षमा काम गरे फुलका माला लगाउने र नगरे खुकुरी पनि लगाउने चेतावनी दिए । मंगलबारका लागि आयोजना गरिएको बन्द कार्यक्रम बिहान छ बजेदेखि साँझ छ बजेसम्म कायम रहने नेकपा–माओवादी पाल्पाले जनाएको छ । बन्दका बेला प्रेस, दुध र एम्बुलेन्स, सव बहानलगायतका सवारीलाई भने निर्वाध रुपमा संचालन हुने दिने पार्टी सचिव गीरबहादुर थापा (बीरबल)ले जानकारी दिए ।

0 comments

तपाईंको प्रतिकृया