Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
शीर्ष नेताको बैठक जारी

फागुन, १८  काठमाडौं । चुनाबी सरकार गठन प्रकृया टुंगो लगाउने प्रयासमा मुख्य दलका शीर्ष नेताहरुको बैठक अहिले बसीरहेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसीरहेको हो । बैठकमा दलहरुबीच कुरा नमिलेका मतदाता नामावली, नागरिकता, सत्य निरुपण तथा मेलमिलाप आयोग र सेना समायोजनअन्तर्गत दर्जा निर्धारणका विषयमा सहमती जुटाउन प्रयास हुने नेताहरुले बताएका छन् । कार्यदलमा रहेका काँग्रेस–एमाले तर्फका सदस्यले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकार प्रमुख नबनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा अन्तिम सुनुवाइ नभएसम्म प्रस्तावलाई अन्तिम रुप दिन नसकिने अडान लिएका छन् । सोहि कारण कार्यदलमा सहमती नभएपछि शीर्ष तहमा हिजो भएको छलफल पनि निष्कर्ष विहीन भएको थियो । यद्यपी नेताहरुले छलफल सकारात्मक रहेकोले छिट्टै सहमति जुट्ने जानकारी दिएका छन् ।

0 comments

तपाईंको प्रतिकृया