मुलुक निर्वाचनमा होमियोः प्रधानमन्त्री
फागुन १४ काठमाडौं, प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुक संविधानसभा निर्वाचनको प्रक्रियामा अगाडि बढेको बताएका छन्। उनले चुनावी सरकारको नेतृत्व लिन प्रधानन्यायाधीश खिलराज रेग्मी तयार भएपछि मुलुक निर्वाचनतिर होमिएको बताएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटार परिसरमा नवनिर्मित सभागृह र सशस्त्र प्रहरी बलको आवासगृहको उद्घाटन गर्दै उनले भने, ‘प्रमुख दलका शीर्ष नेता र प्रधानन्यायाधीशबीच भएको छलफल एकदमै सकारात्मक भएको छ, मुलुक अब संविधानसभाको नयाँ निर्वाचनमा होमिन्छ, हामीमा यो विश्वास पैदा भएको छ।’ उनले प्रधानन्यायाधीशसँगको बिहानको छलफलपछि संविधानसभा निर्वाचन पक्कापक्की भएको बताए । प्रधानमन्त्री भट्टराईले प्रधानन्यायाधीश रेग्मी चुनाव गराउन र मुलुकलाई निकास दिन सक्षम रहेको पनि बताए ।
प्रधानन्यायाधीशले राखेका सरोकारका विषयलाई दलहरुले संवैधानिक तथा कानुनी रुपले समाधान खोज्ने उनको भनाइ छ ।
0 comments
तपाईंको प्रतिकृया