Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
प्रधानन्यायाधीशको नेतृत्व अन्तरिम संविधान विपरीत- नेम्वाङ

७ फागुन, इलाम। विघटित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउनु अन्तरिम संविधान विपरीत हुने बताउनुभएको छ । इलाममा आज बिहान एक कार्यक्रममा बोल्दै उहाँले राजनीतिक दलहरूले आफैँले बनाएको अन्तरिम संविधानलाई कुल्चेर लोकतान्त्रिक मूल्य र मान्यता विपरीत प्रधानन्यायाधीशलाई मुलुकको कार्यकारी प्रमुख बनाउन खोजोको आरोप लगाउनु भयो । राजनीतिक दलबीच एकता नभएकै कारण संविधानसभा विघटन भएको उहाँको उल्ल्ेख गदै नेम्वाङले संसद तथा कानुन शून्य भएकाले सहमतिबिना मुलुकमा कुनै पनि काम सम्भव नहुने बताउनुभयो ।

0 comments

तपाईंको प्रतिकृया