Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पाक्ला त विरबलको खिचडि

७ फागुन, काठमाण्डौं ।दलहरुले आफुहरुको विचबाट नेतृत्वमा सहमती हुन नसकेको स्वीकार गरेर प्रधानन्याधिसको नेतृत्वमा सरकार गठनको प्रस्तावमा सहमती नजिक पुगेको पनि दुई दिन वितिसकेको छ । तर अझै ठोस र लिखित सहमती बन्न सकेको छैन । विपक्षि दलले बर्तमान सरकार हटाउन जे पनि गर्न पछि नपर्ने र सत्ताधारी दलले चुनावका लागि जुनसुकै त्याग गर्ने निष्कर्ष निकालेपछि सहमती हुने संकेत देखिएपनि अझै संका कायम छ । कार्यदलभित्रै पनि सहमती बन्न नसकेपछि आज हुने भनिएको सर्बदलिय बैठक पनि अनिश्चित बनेको छ । विहान बस्ने भनिएको शीर्ष दलका नेताहरुको बैठक पनि समयमै बस्ने संभावना कम भएको छ । मिल्नै पर्ने बाध्यताका विचमा उभिएका दलहरुले केही दिन भित्रै सहमती नगर्ने हो भने जेठमा हुने भनिएको चुनावको भविष्य टाढिने छ । प्रधानमन्त्रीले पुरानो डेरा सफा गर्न लगाएको पनि चार दिन भईसक्यो तर बालुवाटारको सरकारी निवासमा आउने व्यक्तिबारे संका हट्न सकेको छैन ।

0 comments

तपाईंको प्रतिकृया