Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मोवाइलको पनि बिमा !

३ फागुन, काठमाडौं । मंहगा मोवाइल फोनहरु अब बीमा गर्न पाइने भएको छ । नेपालस्थित सामसुङ्ग कम्पनीले बिक्री गर्ने नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता इन्टरनेशनल मार्केटिङ्ग सर्भिसेज प्रा. लिले बिहिवार भ्यालेन्टाइन्स डे अर्थात प्रणय दिवसका अवसरमा ग्राहकहरुका लागि उक्त सुरक्षायुक्त सुविधाका घोषणा गरेको हो । प्रेमी प्रेमिकाले एक अर्काको माया अझ गाडा बनाउने भ्यालेन्टाइन्स डे का अवसरमा कम्पनीले सामसुङ्गको ग्राहक र उत्पादक कम्पनीबीचको सम्बन्ध गाढा बनाउने उदेश्यले यो सुविधायुक्त योजना ल्याएका बताएको छ ।
पछिल्लो समय ग्राहकहरुले देखाएको रुचिलाई सम्मान गर्दै कम्पनीले नेपालमै पहिलो पटक यो नौलो योजना ल्याएका दावी गरेको छ । यो योजनाले बजारमा विभिन्न देशबाट चोरी गरेर ल्याएका सेटहरु सस्तो दरमा किन्ने क्रम घटने विश्वास कम्पनीको छ । कम्पनीले बिहिवार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार अब बिक्री हुने ग्यालेक्सी एस थ्री र ग्यालक्सी नोट टु का सबै सेटमा बिमाको पि्रमियम नलिई इन्स्योरेन्स हुनेछन । कम्पनीले मोवाएल सेट खरीद गरेको बढीमा एक हप्ता भित्र सबै विवरण उल्लेख भएको ‘इन्स्योरेन्स पोलिसी’ ग्राहकलाई दिने बताएको छ । उच्चस्तरीय प्रविधी भएका कारण केही मंहगो रहेका सामसुङ्गका मोवाएल फोन किनेपछि ग्राहकहरुलाई आफैले बोकेको सेटका कारण मानसिक तनाव नहोस भन्नको लागी कम्पनीले यो योजना ल्याएका बताएको छ । कम्पनीले यो योजना नेपालमा इन्स्योरेन्सको क्षेत्रमा प्रतिष्ठा कमाएको एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा लागू गरेका हो ।

‘इन्स्योरेर्ड मोवाईल’ नाम दिएको यो सेवामुलुक अभियानमा आईएमएसले नयाँ तथा पुराना आईएमएस हलोग्राम अंकित ग्यालेक्सी एस थि्र र ग्यालक्सी नोट टु मा यो सेवा दिएको छ । यो योजना अन्र्तगत मोवाइल फोन खरिद गर्नु भएका ग्राहक महानुभावहरुले सेवा उपयोग गर्ने क्रममा मोवाईलको भौतिक क्षती भए क्षतिपूर्ति पाउने व्यवस्था गरिएको छ । कम्पनीले यसअघि नै ग्यालेक्सी एस थि्र र ग्यालक्सी नोट टु खरिद गरिसक्नु भएका ग्राहकलाई पनि सरल मुल्यमा इन्स्योरेन्स गर्न सक्ने व्यवस्था मिलाई दिएको छ ।

0 comments

तपाईंको प्रतिकृया