Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
चार सय ३१ केजी गाँजा सहित पाँच पक्राउ

धादिङ, फाल्गुन ४ - गाँजा लुकाई छिपाई बिक्रि गर्न लैजान लागेको आरेापमा प्रहरीले चार सय ३१ केजी गांजा सहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय गजुरीबाट विशेष सुराकको आधारमा खटिएको प्रहरी टोलीले धादिङ जिल्लाको बैरेनी गा.वि.स.वडा नं.४ कोईलीखर्कबाट लागु औषध गाँजा चार सय ३१ केजीसहित ५ जनालाई पक्राउ गरेको हो । उक्त स्थानका केही घरमा छापामार्दा बैरेनी गाविस वडा नम्बर ४ कोइलीखर्क बस्ने वर्ष ५५ का सुर्य बहादुर तामाङ्ग घरबाट २१४ के.जी., सोहप् ठाउंका अल्के तामाङ्गको घरबाट ९२ के.जि. सिंह ब.तामाङ्गको घरबाट ४२ के.जि.,राम बहादुर तामाङ्गको घरबाट ७६ के.जि. र आन्द्रे तामाङ्ग को घरबाट ७ के.जि.गााजा बरामद गर्नुका साथै उनिहरुलाई पक्राउ गरेको शुक्रवार जिल्ल्ाा प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले जानकारी दिएको हो । गााजा सहित पक्राउ परेका पांचै जनालाई फागुन ४ गते धादिङ जिल्ला अदालतबाट दश दिन म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरिएको र उनिहरुलाई लागू औषध शिर्षकमा मुद्दा दर्ता गरीने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक विकासराज खनालले बताए ।

0 comments

तपाईंको प्रतिकृया