राखी सावन्त नेपाल आउने
बलिउड आइटम गर्ल राखी सावन्त नेपाल आउने भएकी छिन् । यही वर्षको अन्तिम चैत्र १७ गते दशरथ रंगशालामा हुने ‘बलिउड म्यूजिक एण्ड मस्ती’ नामक कार्यक्रमलाई आकर्षक पार्न राखी नेपाल आउने भएकी हुन् । राखीलाई नेपाल ल्याउने कसरत विपनाज् मिडिया प्रा.लीले गरेको हो ।
रंगशालामा हुने उक्त कार्यक्रममा बलिउडका अन्य दुई कमेडियनहरु कृष्ण अभिषेक र सुदेश लोहरी पनि आउने आयोजक संस्थाले बताएको छ । साँझमा हुने रंगशालाको उक्त कार्यक्रममा इन्डियन आइडलको छैटौ संस्करणमा उत्कृष्ट पाँचमा पर्न सफल भुमी त्रिवेदी पनि आउदैछिन् । 'बलिउड म्यूजिक एण्ड मस्ती' को उक्त साँझमा नेपालका कलाकारहरुले पनि सहभागीता जनाउने बुझिएको छ ।
आयोजक संस्थाले गराएको जानकारी अनुसार नेपालबाट हास्य कलाकार जितु नेपाल उक्त कार्यक्रमको लागी सेलेक्ट भइसकेका छन् । अन्य नेपाली कलाकारलाई सहभागी गराउने विषयमा भने छलफल भइरहेको बताइएको छ । बलिउडमा विभिन्न फन्डा मच्याएर चर्चामा आइरहने आइटम गर्ल राखी सावन्त सहभागी हुने ‘बलिउड म्यूजिक एण्ड मस्ती’ साँझमा कति दर्शक झुम्ने हुन् ? त्यो थाहा पाउन भने चैत्र १७ गते सम्म नै कुर्नु पर्ला ।

0 comments
तपाईंको प्रतिकृया