Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बैद्यपक्षीय नेताहरु विदेशी कुटनीतिज्ञहरुसंग नतमस्तक निर्वाचन बहिस्कार नगर्ने आश्वासन

फागुन ११ काठमाण्डौ –प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने विषयमा प्रमुख दलहरुबिच भएको सहमति खारेजीको माग गर्दै आन्दोलन थालेको मोहन बैद्य नेतृत्वको नेकपा माओवादीले विदेशी कुटनीतिज्ञहरुसंगको भेटमा निर्वाचन बहिस्कार नगर्ने आश्वासन दिएको छ । शक्ति पृथकीकरणको सिद्धान्तलाई तिलान्जली दिनेगरी प्रधानन्याधीशको नेतृत्वमा गठन गर्न लागिएको सरकारले गराउने निर्वाचनमा सहभागि नहुने घोषणा गरेको माओवादीले विदेशी राजदूतहरुसंगको भेटमा भने निश्पक्ष निर्वाचन भए सहभागि हुने बचन दिएको हो । भेटमा नेताहरुले तत्काल सशस्त्र संघर्षमा नजाने भन्दै आफुहरुलाई गलत ढंगले नबुझ्न समेत आग्रह गरेका छन् । युरोपियन मिसन अन्तरगतका आधा दर्जन राजदूतहरुसंग आज आफ्नै पार्टी कार्यलय बुद्धनगरमा भएको भेटमा उपाध्यक्ष सीपी गजुरेल र महासचिव रामबहादुर थापा लगायतले यस्तो आश्वासन दिएका हुन् । भेटमा राजदुतहरुले प्रधानन्याधीशको नेतृत्वमा गठन हुन लागेको सरकारमा सहभागि हुन दवाव समेत दिएको स्रोतको दावी छ । यद्यपी प्रवक्ता पम्फा भुसालले भने राजदुतहरुले बर्तमान राजनीतिक परिस्थीतिका विषयमा जिज्ञासा राखेको र आफुहरुले सर्वपक्षीय गोलमेच सम्मेलन मार्फत निकास निकाल्नुपर्नेमा जोड् दिएको बताईन् । माओवादी नेताहरुलाई भेट्न जर्मनी, फ्रान्स, बेलायत, डेनमार्क, फिनल्याण्ड, डेनमार्क, स्वीटजरल्याण्ड लगायत देशका राजदूतहरु पुगेका थिए । प्रमुख ४ दलले विदेशीको इशारामा प्रधानन्याधीश नेतृत्वमा चुनावी सरकार गठन गर्न लागेको आरोप लगाउदै नेकपा माओवादीको अगुवाईमा ६ दलले आन्दोलन गर्दै आएका छन् ।

0 comments

तपाईंको प्रतिकृया