Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
शीर्ष ४ दल आज पनि घनिभूत छलफलमा जुट्ने

४ फागुन, काठमाण्डौं । । सहमतीय सरकार निर्माणका लागि घनीभूत छलफलमा जुटेका प्रमुख तीन दल तथा संयुक्त मधेशी मोर्चाका नेताहरुको बैठक आज पनि बस्दै छ । नेकपा एमालेको औपचारिक निर्णय पर्खेको शीर्ष बैठक आज दिउँसो ३ बजेपछि बस्दै छ । प्रधानन्यायधीशको नेतृत्वमा सहमतीय सरकार गठनका लागि प्रयासरत दलका नेताहरुले नेतृत्वबारे टुंगो नलाग्दासम्म अन्य विषयमा औपचारिक निर्णय गर्ने वातावरण नबन्ने बताएका छन् । प्रधानन्यायधीशको नेतृत्वमा सहमतीय सरकार गठन हुने सहमति बने दलको हैसियत के हुने, मन्त्रीपरिषद्को संरचना कस्तो हुने र आगामी जेठ मसान्तभित्र संविधानसभाको निर्वाचन सम्पन्न हुने नहुने विषयमा नेताहरुले अनौपचारिक रुपमा भने छलफल चलाइरहेका छन् । आज सहमति नभएका जेठमा निर्वाचन गर्न गाह्रो हुने विश्लेषकहरुले बताएका छन् । 

0 comments

तपाईंको प्रतिकृया