बन्दको अवज्ञा गरेको भन्दै सरकारी कार्यालयमा तोडफोड
केशब घिमिरे
पाल्पा, ८ फागुन । बन्दको अबज्ञा गरेको भन्दै नेकपा–माओवादीका कार्यकर्ताले तीनवटा कार्यालयमा तोडफोड गरेका छन् । बदकर्ताले बन्द अबज्ञा गरेको भन्दै नापी, विद्युत् र निर्वाचन कार्यालयमा कार्यालयमा तोडफोड गरेका हुन् ।
तोडफोडबाट नापी कार्यालयको एक कम्प्युटर र चार वटा प्लास्टिकका कुर्ची फुटेका छन् भने विद्युत् कार्यालयको एक कम्प्युटर र दुई कुर्चीमा क्षति पुगेको छ । निर्वाचन कार्यालयको झ्यालका सिसा, प्रिन्टर, कम्प्युटरमा क्षति पुगेको छ । बन्द सफल पार्न भन्दै कार्यालय बन्द गर्न आग्रंह गर्दा कर्मचारीले नमानेको र अटेरी गरी कार्यालय खोलेको कारण समान्य तोडफोड हुन पुगेकोमाओवादी पाल्पाका इन्चार्ज वसन्त घर्तीले बताए ।
मंगलबार नेकपा माओवादीले आव्हान गरेको नेपाल बन्दको प्रभाव पाल्पामा पनि परेको थियो । बन्दका कारण बजार, शिक्षण संस्था, यातायात पूर्णरुपमा ठप्प भए । प्रधानन्यायधिशको नेतृत्वमा चुनावी सरकार बनाउने दलहरुको निर्णयको विरुद्ध र पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्नहरुलाई रिहा गर्नु पर्ने माग राख्दै नेकपा माओवादीले नेपाल बन्दको आव्हान गरेको हो ।

0 comments
तपाईंको प्रतिकृया