स्तन क्यान्सरलाई पछि पार्दै फोक्सोको क्यान्सर
युरोपेली महिलाहरुमा फोक्सोको क्यान्सर निकै भयावह रुपमा बढिरहेको र निकट भविष्यमै फोक्सोको क्यान्सरले मृत्यु हुनेको महिलाको संख्या स्तन क्यान्सरका कारण मर्ने भन्दा बढि हुने विज्ञहरुले बताएका छन् ।
बेलायत तथा पोल्याण्ड लगायतका देशमा फोक्सोको क्यान्सर बढि महिलाको ज्यान लिने क्यान्सरको सूचिमा पहिलो स्थानमा आइसकेको बताइएको छ । खासगरी महिलाहरुमा धूमपानको लत बढ्दै जाँदा फोक्सोको क्यान्सरको जोखिम बढ्दै
गएको विज्ञहरुको ठहर छ । आउँदो दुइ वर्षभित्रमा समग्र युरोपमा स्तन क्यान्सर भन्दा फोक्सोको क्यान्सरबाट ज्यान गुमाउने महिलाको संख्या बढि हुनेछ । यो क्रम अझै १० वर्ष रहनेछ ।
सन् १९६० र ७० को दशक भित्रमा धूमपान सुरु गरेका युरोपेली महिलाको संख्या निकै बढि रहेकाले त्यसबेलादेखि धूमपान गरिरहेका महिलाहरुमा अहिले फोक्सोको क्यान्सर प्रकोपकै रुपमा देखिन थालेको बताइन्छ । अझै केही
वर्षसम्म फोक्सोको क्यान्सर यसैगरी बढ्ने भएपनि हाल युरोपेली युवतीहरुमा धूमपानको दर कम रहेकाले भविष्यमा फोक्सोको क्यान्सरको मात्रा घट्ने विज्ञहरुको भनाइ छ । खासगरी सन् २०२०।२५ पछि फोक्सोको क्यान्सरबाट हुने
मृत्युको दर घट्ने अनुमान शोधकर्ता कार्लो ला भेच्चीयाले गरेका छन् । यो वर्ष सन् २०१३ मा ८२,६४० जना युरोपेली महिलाले फोक्सोको क्यान्सरका कारण ज्यान गुमाउने तथा स्तनका कारण ज्यान गुमाउने युरोपेली महिलाको संख्या ८८,८८६ हुने बताइएको छ ।


0 comments
तपाईंको प्रतिकृया