Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
फागुन २४ भित्र नया सरकार बनाउने मुख्य चार दलको कसरत

फागुन १८ काठमाण्डौ । दलहरुले फागुन २४ गते अघि नै प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनाबी सरकार गठनको तयारी गरेका छन् । एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले २४ गते अघि नै चुनाबी सरकार गठनको तयारी तिव्र पारेका हुन् । मुख्य दलका नेताहरुले सरकार गठनको तयारीबारे राष्ट्रपति रामवरण यादवलाई जानकारी समेत गराएका छन् । प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बैठक बसेर मुख्य दलका शीर्ष नेताहरु सन्चारकर्मीलाई कुनै प्रतिकृया नदिइ राष्ट्रपति कार्यालय शितल निवास पुगेका थिए । शितल निवासबाट बाहिरिदै एकीकृत नेकपा माओवादीका नेता एवं कार्यदल सदस्य कृष्णबहादुर महराले फागुन २२ गते नै नयाँ सरकार बन्ने सम्भाबना बढेको जानकारी दिनुभयो । यसैगरी काँग्रेस उपसभापति रामचन्द्र पौडेलले विवादित विषयमा दलहरु सहमति नजिक पुगेको जानकारी दिनुभयो । बाधा अड्काउ र सपथ ग्रहणको कुरा एकैसाथ टुंगो लगाउनु पर्ने पौडेलको भनाई छ ।

0 comments

तपाईंको प्रतिकृया