Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
संबिधान भन्दा बाहिर जान्नः राष्ट्रपती

फागुन १८ काठमाण्डौ । राष्ट्रपति रामवरण यादवले संविधानविपरीत कदम नचाल्ने प्रस्ट पारेका छन् । नेपाल बार एसोसिएसनका पदाधिकारीसँग शुक्रबार साँझ भएको भेटमा राष्ट्रपतिले संविधानविपरीत कदम नचाल्ने प्रस्ट पारेका बार अध्यक्ष हरिकृष्ण कार्कीले जानकारी दिए । आफूले गत मंसिर ८ मा थालेको नयाँ सरकार गठनको प्रक्रिया अहिले पनि जारी रहेको समेत राष्ट्रपति यादवले जानकारी दिनुभएको छ । सर्वोच्च अदालतमा रेग्मीविरुद्ध मुद्दा विचाराधीन रहेकै बेला दलहरुले तत्काल रेग्मी नेतृत्वको सरकार बनाउने हल्ला सुनेपछि नेपाल बारका १२ पदाधिकारीहरु यो प्रक्रियालाई असफल पार्न आजै ४ बजे शीतलनिवास पुगेका थिए । बारका पदाधिकारीले आफैं समय मागेर राष्ट्रपतिसँग भेट गरी प्रधानन्यायाधीशको नेतृत्वमा कुनै पनि हालतमा सरकार नबनाउन आग्रह गरेका हुन् । स्वतन्त्र न्यायपालिकाको मर्मलाई बाधा अड्काऊ मार्फत फेर्न पाइन्न भन्दै बाधा अड्काऊमार्फत् संविधान फेर्ने दलहरुको प्रयासलाई संविधानका पालकसमेत रहनुभएका राष्ट्रपतिले रोक्नुपर्छ भन्ने माग बारका पदाधिकारीले राष्ट्रपतिसमक्ष गरेका छन् ।

0 comments

तपाईंको प्रतिकृया