मुलुकमा फा“सीवादको खतरा बढयोः बिप्लब

फागुन २४ पाल्पा। नेकपा–माओवादीका सचिव नेत्रबिक्रम चन्द (बिप्लब) ले मुठ्ठी भरका मान्छेको सहयोगमा भारतले देशमा हदै सम्मको हस्तक्षेप बढाएको बताएका छन । भारतकै हस्तक्षेपका कारण देश सबै भन्दा गम्भिर र जटिल मोडमा पुगेको बताए । प्रधानन्यायाधिषले प्रधानमन्त्री बन्ने लोभमा हासिल गरेको पहिचान पनी गुमाउन लागेको भन्दै नेता चन्दले प्रधानन्यायधिषकै कारण देशमा फासीबादको खतरा बढेको औल्याए ।
क्रान्तीकारी पत्रकार महासंघ पाल्पाले बिहिबार तानसेनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता चन्दले नेपाली जनतालाई झुक्काउने खेल स्वरुप प्रधानन्यायाधीस खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउन मुख्य चार दल लागिपरेको आरोप लगाए । कार्यक्रममा बोल्दै चन्दले प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाएर हालको राजनितीक समस्याको कुनेै पनी हालतमा समाधान नहुने भन्दै त्यसको प्रतिरोधका लागि ‘जनवाद’ नै उत्तम विकल्प भएको बताए । यो समय कम्युनिष्ट शक्तीहरु एकजुट हुनुपर्ने बेला आएको भन्दै उनले उल्टै वैदेशिक चलखेलमा दलहरु फस्नु दुःखद भएको बताए ।
‘चार दलका कारण देश भडखालोमा जादै छ’ उनले भने, ‘उनीहरुकै कारणले देश बिस्फोटनको दिशा तर्फ जादै छ ।” उनले चार दलले गरेको निर्णयले देशलाई भड्खालोमा लैजाने भएकाले यस बिषयमा गम्भीर बन्न पनी आग्रह गरे । नेपाली जनतालाई राजनीति गर्ने अधिकारबाट बन्चित गराउन चारदल लागि परेको बताउदै उनले प्रधान न्यायाधीसलाई प्रधानमन्त्री बनाएर देश झनै वर्वादीतर्फ धकेलिने बताए ।
प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाउने प्रसंग पनि भारतकै प्रस्ताव भएको बताउदै उनले भने “तर नेपालका चारै दलका युवा नेताहरु यसको विपक्षमा रहेका छन ।”
देशमा संसदीय ब्यवस्थाको अभ्यास गर्ने दलहरु असफल भैसकेको बताउदै अब नया“ खालको क्रान्ति जरुरी रहेको बताए । अब देशमा छिट्टै निर्णयक परिबर्तनको आन्दोलन शरु हुने उनले जिकीर गरे । “ देशमा अब परिबर्तनकारी आन्दोलको जरुरी छ” उनले भने यद्ययपी आन्दोलन कहिले र कसरी भन्ने बारे भने उनले खुलाएनन ।
फरक प्रसंगमा अहिलेकै अबस्थामा एमाओबादी संग पार्टी एकता नहुने बताउदै उनले आफुहरुले उठाएका मुद्धाहरुमा लिखित सम्झौता गरे एकता टाढा नरहेको पनी खुलाए ।

0 comments
तपाईंको प्रतिकृया