जेल पनि होटल ?
(एजेन्सी)– १५० वर्षसम्म नेदरल्यान्डको सबभन्दा डरलाग्दो जेलको रुपमा स्थापना भएको रोइरमन्डको हेत अरेस्थुइस अहिले सर्वसुविधासम्पन्न होटलमा परिणत भएको छ जसबाट कोहि पनि मानिस बाहिर आउन मन गर्दैनन् ।
हेत अरेस्थुइसले सन् १८६२ मा जेलको रुपमा आफ्नो ढोका खोलेको थियो । १९ औं र बिसौँ शताब्दिताका कोहि पनि मानिस आफ्नो इच्छाले त्यहाँ बस्न आउँदैनथे तर अहिलेको अवस्था निकै भिन्न छ । उक्त जेल सन् २००७ मा राम्रो कुराको लागि बन्द भयो र अहिले यो एउटा सानदार, आरामदायी होटलमा परिणत भएको छ र आगन्तुकहरु यस होटलमा एक रात बिताउनको लागि धेरै पैसा खर्च गर्ने गर्दछन् ।
१०५ कैदीहरु अट्ने उक्त जेलको ठाउँलाई ४० वटा ठूला–ठूला कोठामा परिवर्तन गरिएको छ जसमा २४ कोठालाई स्ट्यान्डर्ड, १२ कोठाहरुलाई डिलक्स, चारवटालाई सुट्स भनेर छुट्याइएको छ जसमा उच्च आधुनिक इन्टेरियर डिजाइन र आधुनिक फर्निचर्सको प्रयोग गरिएको छ । सबै कोठाहरुमा एयर कन्डिस्नर जडान गरिएको, फ्ल्याट टिभी स्क्रिन राखिएको, फ्रि वाइफाई र पर्सनल टि र कफी मेसिन राखिएका छन् र होटलमा भएको सौना, फिटनेस सेन्टर, अर्गानिक हर्ब गार्डेन मुख्य आकर्षणको रुपमा रहेको छ ।
यो होटलमा कस्तो खाना पाइन्छ भनेर सोचिरहनु भएको छ भने, यस होटलका स्टाफ खाना सर्भ गर्ने कुरामा निकै अगाडि छन् । आगन्तुकहरुले स्पेशल जेल डिनर पार्टी पनि रोज्न सक्छन् जसमा मानिसहरु जेलहाउसको लुगा लगाएर उपस्थित हुनुपर्ने हुन्छ । यहाँ दिइएका फोटोहरुले पनि हेत अरेस्थुइस जेल होटल आफ्ना नजिकका मानिसहरुसँग आफ्नो राम्रो समय व्यतित गर्नको लागि निकै राम्रो ठाउँ हुने बताउँछ ।




0 comments
तपाईंको प्रतिकृया