निर्वाचनको विकल्प छैन ः प्रचण्ड
२८ फागुन काठमाण्डौ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान समस्याको समाधान निर्वाचन नै भएको बताउनुभएको छ ।
आज एकीकृत नेकपा माओवादी निकट अखिल नेपाल यातायात मजदूर संघको चौथो अधिवेशनको उद्घाटन गर्दै उहाँले अहिलेको निकासको उपायकै भनेकै निर्वाचन हो भन्नुभयो ।
प्रधानन्यायधीशको नेतृत्वमा चुनाव गराउनुको विकल्प नभएको अध्यक्ष प्रचण्डको भनाई थियो ।
काठमाडौको नयाँ बस पार्कमा शुरु अधिवेसनमा उहाँले यातायात मजदूरहरुले पनि राजनीतिक निकासको लागि सहयोग गर्नुपर्ने बताउनुभयो ।
अधिवेसनमा देशैभरीबाट गरी ६ सय जना प्रतिनिधी पर्यवेक्षकको सहभागिता रहेको संघका अध्यक्ष जगतबहादुर सिंखडाले जानकारी दिनुभयो ।
अधिवेसनको बन्द सत्र भने भोलि बिहान मात्र ललितपुरको ग्वार्कोस्थित खन्नागार्मेन्टमा हुने सिंखडाले जानकारी दिनुभयो ।

0 comments
तपाईंको प्रतिकृया