दक्षिण अफ्रिकाका ८ बर्षिया एक वालकले ६१ बर्षकी बृद्धासंग विवाह गरे
एजेन्सी– दक्षिण अफ्रिकामा ८ बर्षका एक बालकले ६१ बर्षिया बृद्धासंग विवाह गरेका छन् ।
सेनेले मासिलेला नाम गरेका ती बालक ५ जना बच्चाकी विधवा आमा हेलेन शाबाङगु सँग विवाह बन्धनमा बाधिएका हुन् ।
बेहुला वालकले मृतक पिता–पुर्खाको आत्माले शान्ति पाओस् भन्नका लागि विवाह गरेको जनाएका छन् । बालकले मृत भैसकेका पुर्खाको आदेशको हवाला दिंदै ति वृद्धसंग विहे गरेको विदेशका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दक्षिण अफ्रिकाको शवानेमा झण्डै एक सय अतिथि उपस्थित वैवाहिक समारोहमा ती बालक र वृद्धले औंठी साटासाट र चुम्बन गरेका छन् ।
विश्वले नै अचम्म मान्नेगरी भएको विवाह औपचारिक नमानी केवल रीत पूरा गरेको रुपमा लिन बेहुलाका परिवारले आग्रह गरेका छन् ।
बालकले भने ती वृद्धालाई मन पराएकाले विवाह गरेको प्रतिक्रिया दिएका छन् भने ति महिलाका छोरा छोरीले पनि खुसी व्यक्त गरेका छन् ।

0 comments
तपाईंको प्रतिकृया