Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सहमतिमा हस्ताक्षर गर्नमात्र बाँकी:प्रचण्ड

२९ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाबी सरकार गठनको विषय आज टुंगो लाग्ने विश्वास व्यक्त गर्नुभएको छ । विवादित सबै विषय टुंगिसकेको उहाँको भनाई छ । पार्टी नेता दिलबहादुर श्रेष्ठको पैंतालीसौं दिनको पुण्यतिथीको अवसरमा आज ललितपुरको थैवमा आयोजित श्रद्धाञ्जली सभामा प्रचण्डले सहमति पत्रमा अब हस्ताक्षर गर्नमात्र बाँकी रहेको बताउनुभयो । सकभर आजै र नभए भोलिसम्ममा निचोडमा पुगिने उहाँको भनाई छ । अध्यक्ष प्रचण्डले नेता दिलबहादुर श्रेष्ठले पार्टी र वामपन्थी आन्दोलनमा पुर्याएको योगदानको पनि स्मरण गर्नुभयो ।

0 comments

तपाईंको प्रतिकृया