१८ फागुन, काठमाडौं । विपक्षी दलले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई पदमै राखेर चुनाबी सरकारको नेतृत्व दिनेभए वर्तमान सरकारका निर्णय नयाँ सरकारले बदर गर्नुपर्ने सर्त राखेका छन् । राष्ट्रपति रामवरण यादवसँग आज विहान शितल निवासमा भएको भेटमा र बालुवाटारमा बसेको बैठकमा काँग्रेस र एमालेका नेताहरुले यस्तो सर्त अघि सारेका हुन् । बाबुराम भट्टराई नेतृत्वको सरकारले दिर्घकालीसम्म प्रभाव पार्ने गरी गरेका निर्णय खिलराज रेग्मी नेतृत्वको आगामी सरकारले बदर गर्नुपर्ने उनीहरुको भनाई छ । भट्टराई सरकारले आगामी निर्वाचनलाई प्रभावित पार्ने गरी महत्वपूर्ण स्थानमा आफ्ना मान्छेलाई सरुवा–बढुवा गरेको उनीहरुको आरोप छ । काँग्रेस उपसभापति रामचन्द्र पौडेलले चुनावको मुखमा कार्यकर्तालाई पोस्न स्वरोजगार कोषको नामबाट सरकारले पैसा बाँडेको, बुढी गण्डकी र नरसिंहगाढ जलविद्युत आयोजनामा आफू अनुुकूल अध्यक्ष नियुक्ति गरेको आरोप लगाउँदै आएका छन् ।
सरकारका निर्णय बदर हुनुपर्छ : विपक्षी दल

0 comments
तपाईंको प्रतिकृया