आज रेग्मीले सपथ लिने अधिक सम्भावना
फागुन ३० , काठमाडौं । प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा सरकार गठनको तयारी अन्तिम चरणमा पुगेको छ । अन्तरिम चुनाबी मन्त्रिपरिषदको प्रमुखकको रुपमा रेग्मीलाई आजै सपथ खुवाउने गरी सरकार र मुख्य दलहरुले तयारी अन्तिम चरणमा पु¥याएका हुन् ।
जुनसुकै समयमा शपथ हुनसक्ने भन्दै जिल्ला बाहिर रहेका मन्त्रीहरुलाई काठमाडौं बोलाइएको छ । रेग्मी नेतृत्वको मन्त्रिपरिषदका सबै सदस्यहरु राजनीतिक दलभन्दा बाहिरका हुनेछन् । प्रशासक, समाजसेवी, सुरक्षा निकाय, राजनीतिक तथा संविधान विद, व्यवसायी लगायतलाई समेटेर अन्तरिम चुनाबी मन्त्रिपरिषद बनाउने तयारी भैरहेको छ । स्रोतकाअनुसार मन्त्रिपरिषदमा रहने ५० प्रतिशत सदस्य रेग्मी आफैले चयन गर्ने स्वतन्त्रता छ । मन्त्रिपरिषदको आकार ११ सदस्यसम्म रहने बताइएको छ ।
लडाकु दर्जा निर्धारणमा केही मतभेद भएकोले त्यसलाई आजै अपरान्हसम्म टुंगो लगाउने र सहमतिको मस्यौदामा हस्ताक्षर गरी रेग्मीलाई सपथ गराउने नेताहरुले बताएका छन् ।
0 comments
तपाईंको प्रतिकृया