Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अग्रगमन विरोधीले चुनाव हुन नदिने षड्यन्त्र गरे ः प्रधानमन्त्री


फागुन २४ काठमाण्डौ । प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालका आदिवासी जनजातिहरुले जातीय पहिचान सहितको संघीयताको मुद्दा कुनै हालतमा छोड्न नहुने वताउनु भएको छ । अग्रगामी परिवर्तनका विरोधीहरु संघीयताको विपक्षमा रहेकोले उनीहरुलाई परास्त गर्न पार्टी लागि परेको प्रधानमन्त्री भट्टराईको भनाइ छ । मनाङ जिल्ला परिषदको आज उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले अग्रगामी परिवर्तनका विरोधीहरुले नै संविधानसभा विघटन गरेको र दोस्रो संविधानसभाको निर्वाचन पनि हुन नदिने षड्यन्त्रमा लागेको वताउनुभयो । मनाङको जिल्ला परिषद आफ्नो कार्यकालको पहिलो र अन्तिम हुने पनि भट्टराईले बताउनुभयो ।

0 comments

तपाईंको प्रतिकृया