Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मुख्य दलबीच भएको सहमति साना दलले जलाउने

चैत २ काठमाडौ, प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रीपरिषद्को अध्यक्ष बनाएकोमा नेकपा-माओवादीलगायतका साना दलहरुले शुक्रबार पनि बिरोध कार्यक्रम गर्ने भएका छन् ।उनीहरुले चारदलबीच भएको सहमत्रि्रति असहमति जनाउँदै आएका छन् । रेग्की नेतृत्वप्रति असहमति जनाएका उनीहरुले मुख्यदलहरुबीच भएको सहमति जलाउने तयारी गरेका छन् । काठमाडौको शान्तिबाटिका, ललितपुरको लगनखेल र भक्तपुरको सूर्यविनायकमा दिउँसो चारबजे मुख्यदलहरुबीच भएको सहमति जलाउन लागिएको माओवादी सचिव देब गुरुङले जानकारी दिए । यसैगरी प्रधानन्यायाधीश नेतृत्वमा सरकार गठन भएको बिरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न साना दलको बैठक बस्ने तयारी भएको पनि सचिव गुरुङले जानकारी दिए । यसअघि रेग्मी नेतृत्वको विरोध गर्दै बिहीबार माओवादी लगायतका साना २२ दलले उपत्यका बन्द गराएका थिए ।

0 comments

तपाईंको प्रतिकृया