Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
निर्बाचन आयोग तयारी अवस्थामा

चैत २, काठमाडौं । निर्बाचन आयोग आगामी निर्बाचनका लागि तयारी अवस्थामा रहेको छ । सरकारको निर्णयको आधारमा अघि बढ्ने भन्दै आयोगले निर्बाचनकोलागि सबै तयारी पूरा भएको जनाएको हो । निर्बाचन आयोगका सहायक प्रवक्ता हरिहर शर्माले मुख्य निर्बाचन आयुक्त नियुक्त भएपछि र सरकारले निर्बाचनको मिति तोकेपछि निर्बाचनको खाका सार्बजनिक गर्ने बताउनुभयो । अहिले बिभिन्न गाविसमा मतदाता नामावली अद्यावधिक गर्ने र छुट भएकाहरुलाई समेट्नेलगायतका प्राविधिक काम भैरहेको उहाँले जानकारी दिनुभयो ।

0 comments

तपाईंको प्रतिकृया