होलीमा राजधानीमा ३१ सय प्रहरी परिचालन गरिने
काठमाडौं, चैत ११ – होलिलाई मर्यादित बनाउन भन्दै काठमाण्डौमा मात्रै ३ हजार १ सय प्रहरी परिचालन गरिने भएको छ । साथै ३ सय सादा पोशाकका प्रहरी खटाईने महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीले जनाएको छ ।
कार्यालयका प्रवक्ता हेमन्त पालका अनुसार होलीको दिन र त्यसको अघिल्लो दिन सुरक्षाका लागि काठमाडौंमा ३१ सय तथा भक्तपुर र ललितपुरमा ७ सय प्रहरी खटाइने छ । यस वर्षको होली काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा आगामी मंगलबार र तराईका जिल्लामा बुधबार मनाइँदैछ ।
ईच्छा विपरित जवरजस्ती रंग लगाईदिने र दुव्यर्वहार गर्नेलाई सार्वजनिक मुद्दा चलाईने प्रहरीको भनाई छ । प्रहरीले केहि दिन अघिदेखि नै पवित्र पर्व होलीलाई मर्यादित बनाउन जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
0 comments
तपाईंको प्रतिकृया