चुनाव गर्न दलहरुवीच आन्तरीक छलफल
चैत ३ काठमाडौं,प्रधानन्यायधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रीपरिषद्को अध्यक्षका रुपमा चुनाव गर्ने जिम्मेवारी सुम्पेका दलहरु आन्तरिक तयारीमा जुट्न थालेका छन् ।
गत माघ अन्तिममा हेटौडा महाधिवेशनबाट ‘पहिचान सहितको संघियता, संघियता सहितको संविधान, संविधानसभाबाटै संविधान एकिकृत नेकपा माओवादीको अभियान’ नारा पारित गरेर फर्केको एकिकृत माओवादीले चुनावी तयारीका लागि केन्द्रीय समिति बैठक डाकिसकेको छ । यहि चैत ७ देखि सुरु हुने केन्द्रीय समिति बैठकमामा आगामी संविधानसभाको चुनाव र विभिन्न पार्टाीपक्षबारे छलफल हुने एकिकृत माओवादीले जनाएको छ । बैठबाट रिक्त केन्द्रीय समिति सदस्यको पनि पदपुर्ती हुने माओवादीले जनाएको छ ।
रेग्मी नेतृत्वको चुनावी सरकार स्वीकारेको नेपाली कांग्रेसले चुनाबको तयारीका लागि क्षेत्रिय प्रशिक्षणहरु सञ्चालन गरिरहेको छ । सभापति सुशीले कोइराला लगाएतका नेताहरु देश दौडाहामा निस्कीसकेका छन् । इटहरीमा रहनुभएका कोईरालाले कार्यकर्तालाई चुनावका लागि तयार रहन निर्देशन दिए ।
यस्तै नेकपा एमालेका नेताहरु पनि चुनावका लागि आन्तरिक तयारीमा छन् । नेता केपी ओलीले हिजो यसबारे केन्द्रीय सदस्यहरुसंग अनौपचारिक छलफल गर्नुभएको छ भने जिल्ला दौडाहामा रहेका शीर्ष नेताकरु उपत्यका फर्केपछि स्थायी कमिटीको बैठक डाक्ने तयारी भईरहेको नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
मधेशी मोर्चामा आबद्ध दलहरु पनि जिल्ला दौडाहा र आन्तरिक तयारीमा जुटेका छन् । बाबुराम भट्टराई नेतृत्वको सरकारको खरो विरोधमा उभिएका मधेशी जनाधिकार फोरम लगाएतका दलहरु पनि चुनावी तयारीमा जुटीसकेका छन् । उनीहरुले समानुपातीक प्रणालीमा केही थप गर्नुपर्ने बताउनुबाहेक खासै विरोध गरेका छैनन् । विरोधमा उत्रिएको दल नेकपा माओवादीले पनि बैठक डाकेर चुनावमा जाने नजाने बारे ठोस गरेको छैन । राष्ट्रिय जनमोर्चा, नेकपा सुंयुक्त, राप्रपा नेपाल लगाएतका दलहरु पनि चुनाब विथोल्न नहुने पक्षमा देखिपछि देश चुनावी माहोलमा होमीएको छ ।
मन्त्रीपरिषदले निर्वाचन प्रक्रिया अघि बढाउन राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गरिसकेको छ । राष्ट्रपतिबाट अध्यादेश पारित भएपछि आयोगले पनि पुर्णता पाउने छ । आयोगका यसअघिकै पदाधिकारीको पुनरबहालीको तयारी भईरहेको छ ।
0 comments
तपाईंको प्रतिकृया