Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
महिला हिंसा नियन्त्रण गर्न सरकार प्रतिबद्ध- प्रधानमन्त्री

२५ फागुन, काठमाडौं । बाबुराम भट्टराईले महिला विरुद्ध हुने सबै प्रकारका हिंसालाई नियन्त्रण गर्न सरकार कृयाशील रहेको बताउनु भएको छ । महिला हिंसा नियन्त्रणकालागि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धता बमोजिम नीतिगत एवम् कानुनी व्यवस्था समेत सरकारले गर्दै आएको उहाँको भनाई छ । महिला अधिकार दिवसको अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री भट्टराईले महिलामाथि हुने सबै विभेद हटाउने र राज्यका संयन्त्रहरूमा महिलाको अर्थपूर्ण उपस्थिति गराउने प्रतिबद्धता जनाउनु भएको छ । महिलाहरूको प्रजननसम्बन्धी र स्वास्थ्यसम्बन्धी हक, पैतृक सम्पत्तिसम्बन्धी हकलगायत अन्य हकलाई सुरक्षित गरेको पनि उहाँको शुभकामना सन्देशमा उल्लेख छ ।

0 comments

तपाईंको प्रतिकृया